प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यू द्धारा पदभार ग्रहण तथा निर्देशन कार्यक्रम

२०८०-१०-०२

  • A
  • A-
  • A+
Share

तालुक नेपाल सरकार गृह-मन्त्रालय ( माननीय मन्त्रीस्तर) को मिति २०८०।०९।२४ गतेको निर्णयानुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालयबाट सरूवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण पश्चात बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक रवि कुमार पौडेलज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूले बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश प्रहरी गण हेटौडा, नेपाल प्रहरी सुरक्षा प्रहरी गण रातोमाटे, बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म हेटौडाका कार्यालय प्रमुख सहित उपस्थित सिनियर प्रहरी अधिकृत , जुनियर तथा मातहत प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनु भएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।