प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आर्थिक प्रलोभनमा पार्न खोज्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

२०७८-०८-०८

  • A
  • A-
  • A+
Share

सिन्धुली, गोलन्जोर गाउँपालिका-७ खुर्कोट बजार स्थित प्रहरी चेकपोष्टमा डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाउ हुने जिल्ला उदयपुर चौदण्डीगढि नगरपालिका-१ बस्ने वर्ष २२ को मनिष सुर्खेती रहेका छन् । निजले टाईमकार्ड भित्र रु ५०।– रुपैयाँ हाली डिउटीमा खटीएको प्रहरीलाई दिई आर्थिक प्रलोभन पार्न खोज्दा निज सह-चालकलाई नियन्त्रणमा लिईएको हो । विर्तामोडबाट काठमाण्डौ तर्फ जाँदै गरेको चलाक जिल्ला धनकुटा पाख्रीवास नगरपालिका-५ चुङवाङ बस्ने वर्ष ४३ को सुमन आलेले चलाएको बा ५ ख ६७९६ नम्बरको हाएस निर्धारित समय भन्दा अगाडी आएकोले समय मिलाई दिनको लागि सोही हाएसको सह-चालक डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा निज सह-चालकलाई नियन्त्रणमा लिईएको हो । उक्त सवारी साधनलाई तिव्र गति चलाएको भनी रु २०००।– ट्राफिक जरिवना गरी गन्तव्य तर्फ छाडिएको छ ।

यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय खुर्कोटमा आवश्यक कामकारबाही भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।