प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुर:- लागुऔषध गाँजा फेला

२०७८-०८-०६

  • A
  • A-
  • A+
Share

मङ्सिर ६, राक्सिराङ गाउँपालिका-५ ठोप्लासी स्थित कच्ची सडक खण्डमा प्रहरी चौकी चैनपुर बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा २ जनाको टोली गस्ती गर्दै जाने क्रममा चैनपुर बाट मनहरी तर्फ पैदल आउँदै गरेको अन्दाजी ३/४ जना पुरुष व्यक्तिहरुले गस्ती टोलीलाई देख्ना साथ रातो २ वटा जेब्रा झोला फाली भागेको, उक्त झोला खोली चेकजाँच गर्दा अन्दाजी १५ किलो लागुऔषध गाँजा फेला परेको, फरार व्यक्तिहरुको खोजतलाश कार्य जारी रहेको तथा आवश्यक अनुसन्धान कार्य जारी रहेको । 

सम्बन्धित समाचार
नेपाली सेनाका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण सम्पन्न
२०७९-०८-१६

नेपाली सेनाको श्री नेपाली सैनिक स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बिच प्रहरी उपरीक्षक गौतम मिश्रले बागमती प्रदेश प्रहरीको समग्र वस्तुस्थितीको जानकारी गराउँदै जिम्मेवारीको क्षेत्र, प्रहरी कामकारबाही तथा शान्ति सुरक्षा र सहकार्यको बारेमा जानकारी प्रदान गर्नुभएको हो । प्रशिक्षण पश्चात शिक्षार्थी अधिकृतहरूले राख्नुभएको बिभिन्न जिज्ञासाको समेत प्रहरी उपरीक्षक मिश्रले सामाधान गर्नुभएको थियो । कार्यक्रममा नेपाली सेनाका ४१ जना, नेपाल प्रहरीबाट १ जना र राष्ट्रिय अनुसन्धान विभागबाट १ जना गरी जम्मा ४३ जना शिक्षार्थी अधिकृत तथा ३ जना नेपाली सैनिक स्टाफ कलेजका शिक्षक अधिकृतहरूको सहभागिता रहेको थियो ।