प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोक:- सवारी दुरघट्नामा परी मृत्यु

२०७८-०८-०६

  • A
  • A-
  • A+
Share

मङ्सिर ६, मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजार स्थित मेलम्चीबाट जिरोकिलो काभ्रे तर्फ जाँदै गरेको बा ४ ख ७७६६ नं.को बसले बिपरित दिशाबाट आउँदै गरेको बा प्र०२-०२० प ८११४ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक जिल्ला नुवाकोट बिदुर नगरपालिका घर भई हाल सोहि स्थित रहेको मेरो माईक्रो फाईनान्समा काम गर्ने अन्दाजी वर्ष २३ को बासु बस्नेतको घटनास्थलमा नै मृत्यु भएको, स्थानिय अन्दाजी ९०।१०० जनाको संख्यामा भेला जम्मा भएका समुहले बसको सिसाहरु तोडफोड गरेको, बस चालक फरार रहेको, फरार चालकको खोजतलाश भईरहेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।