प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम

२०८०-०५-२५

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको समुपस्थितिमा प्रदेश तथा जिल्ला स्तरीय पूर्व प्रहरी कर्मचारी कार्य समितिका पदाधिकारी तथा कर्मचारीहरूसंग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू, जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरू, बागमती प्रदेश कार्य समितिका अध्यक्ष पूर्व प्रहरी निरीक्षक रित बहादुर खाती क्षेत्रीज्यू, मकवानपुर जिल्ला कार्य समितिका अध्यक्ष लगायत पूर्व प्रहरी कर्मचारी कार्य समितिका पदाधिकारीज्यू, अन्य दर्जाका बहाल तथा पूर्व प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश कार्य समितिका पदाधिकारी तथा पूर्व प्रहरी कर्मचारीहरूले राख्नु भएको गुनासो तथा सुझावहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखज्यूले सम्वोधन गर्नु भई आगामी दिनमा बहालवाला प्रहरी कर्मचारी तथा पूर्व प्रहरी कर्मचारीहरूको निरन्तर समन्वय, सहयोग तथा पूर्व प्रहरी कर्मचारीहरूको अवकाश प्राप्त जीवन सफल रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नु भएको थियो । 

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।