प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-०४-३२

  • A
  • A-
  • A+
Share

चितवन, राप्ति नगरपालिका-१, लाङद्राङ स्थित बस्ने वर्ष ४० की बिन्दुमाया स्याङ्ताङले घरायसी समस्याका कारण झार मार्ने (VOLCAN) नामक विषादी सेवन गरी बिरामी भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०५-३१

धादिङ गजुरी गाँउपालिका-१ गजुरी स्थित पृथ्विलोक मार्गमा काठमाण्डौंबाट भैरहवातर्फ जादैँ गरेको लु २ ख ४५२९ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटि गएको प्रहरी टोलिले उक्त बस चेकजाँच गर्ने क्रममा धादिङ गजुरी गाँउपालिका-४ बस्ने वर्ष ३४ को वृद्धिलाल तामाङ, वर्ष ३२ को सिताराम तामाङ र जिल्ला मकवानपुर कैलाश गाउँपालिका-१ बस्ने वर्ष २४ को शिशु योन्जनको झोलाभित्र लागूऔषध गाँजा अन्दाजी २६ के.जि. फेला परेको हो । उक्त गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।