प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झण्डिएको अवस्थामा मृत फेला

२०८०-०४-२९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-१, चिउरी खर्क बस्ने दिन बहादुर थापा मगरको श्रीमती वर्ष ४३ की चित्र कुमारी थापा मगर आफ्नै जस्ता र फलामले बनाएको ट्रस्टमा फलामको डण्डीमा पलाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर बागमती गाउँपालिका- ९ घर भई हाल काभ्रेपलान्चोक बेथानचोक गाउँपाला-३, महाङकाल स्थित डेरा गरी बस्ने सुब्बा मगरको छोरी वर्ष १५ की मौसमी मगर आफ्नै सुत्ने कोठाको निदालमा नाईलनको डोरी भएको नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।