प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै ठाँउमा मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०३-३०

  • A
  • A-
  • A+
Share

रामेछाप, सुनापती गाउँपालिका-३, हिलेदेवी बस्ने चमारसिंह तामाङको छोरी वर्ष १६ की जेसुङ तामाङ आफ्नै घरदेखि अन्दाजी २०० मिटर पूर्वमा रहेको दुधिलोको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


धादिङ, थाक्रे गाउँपालिका-६, महादेववेशी बजार स्थित रुद्र बहादुर नेपालीको घरमा कोठा भाडामा लिएर टेलर काम गरि बस्ने चितवन खैरेनी नगरपालिका-४ शिवालय चोक घर बताउने वर्ष अन्दाजी ३०/३२ को सन्तोष परियारले घरको दोस्रो तलाको च्यानलगेटमा खैरो रंगको खाताको पासो लगाई झुण्डी मृत्यु मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


मकवानपुर, मनहरी गाउँपालिका-५, वसन्तपुर बस्ने सन्तोष लामिछानेको श्रिमती वर्ष २२ कि पार्वति लामिछानेले आफ्नै घरको काठको धुरिको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार