प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०३-२९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१८, चनौली बजार स्थित ईन्द्रमणी ढकालको घरमा डेरा गरी बस्ने मजुना मियाको श्रीमती वर्ष अन्दाजी ५० की नसिरा मिया ट्वाईलटेटमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

नुवाकोट, ककनी गाउँपालिका-३, लौके स्थित बस्ने भैरे कामीको छोरा अन्दाजी वर्ष ३२ को किस्ने कामी आफ्नै घरको आफु सुत्ने कोठाको ट्रस्ट पाईपमा  तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

काभ्रे, भुम्लु गाउँपा-९, खत्रीगाउँ बस्ने बिकास पराजुलीको छोरा  अन्दाजी वर्ष १० को बिक्रम पराजुली आफ्नै घर भित्रको दलिनमा पछ्यौरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, चुरियामाई पिपलबोट चेक पोइन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त चेकिङ टोलीले बिरगंजबाट  हेटौंडा तर्फ आउँदै गरेको बा ३ ख ४२ नं.को माईक्रोलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका १६ ईनर्वा बस्ने वर्ष अन्दाजी २१ को तवरेज आलमको साथबाट फेनारगन १०० पिस, सोहि बस्ने वर्ष अन्दाजी १८ को रवि दासको साथबाट डाईजेपाम १०० पिस र सोहि बस्ने वर्ष अन्दाजी २२ को रुस्तम अन्सारीको साथ बाट Noophin-१०० पिस लागुऔषध फेला परेको थियो । निजहरूलाई लगुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरि कार्यालय मकवानपुर पठाएको ।