प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङ र काभ्रेपलाञ्चोकमा करेन्ट लागी २ जनाको मृत्यु

२०८०-०३-२३

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-५, फ्याक्से स्थित बस्ने अन्दाजी २२/२३ वर्षीया मुना श्रेष्ठ आफ्नै घर बाथरूममा नुहाउन गएकोमा बाथरूमामा रहेको जास्तामा छुदाँ करेन्ट लागी घटनास्थालमा नै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनसुन्धान कार्य भईरहेको छ ।

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-४, राईडाँडा बस्ने ६५ वर्षीय मैना कोईराला आफ्नै घरबाट अन्दाजी १००/१५० मिटर पूर्वमा रहेको मकैबारीमा बदेलले मकैँ खान्छ भनी २२० भोल्टको लाईनमा हुक लगाई बारीको बारमा नाङगो तार टाँगेको अवस्थामा सोही तार छुदाँ करेन्ट लागी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार