प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट १५ लाख बराबरको क्षती

२०८०-०२-०९

  • A
  • A-
  • A+
Share

दोलखा, कालिन्चोक गाउँपालिका-८, सुनखानी बस्ने अन्दाजी ७५ वर्षीय बुद्धि प्रसाद शिवाकोटीको भुकम्प रहित घरमा अचानक करेन्ट सर्ट भई आगलागी भएको छ । उक्त आगलागीबाट नगद रू. १,००,०००।- (एक लाख), अन्नपात-२० मुरी, भाडाबर्तन र लत्ताकपडा समेत गरी जम्मा अन्दाजी रू १५,००,०००।- (पन्ध्र लाख) बराबरको क्षती भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।