प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०८०-०२-०५

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय धादिङको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । मिति २०८०-०२-०५ गते आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिबिधीको बारेमा जानकारी लिनुका साथै संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचीहरुलाई आवश्यक बिभागीय निर्देशन समेत दिनुभएको हो ।

निरीक्षणपश्चात् प्रदेश प्रहरी प्रमुख राणाले जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, स्थानिय तहका जनप्रतिनिधी, पूर्व प्रहरी, सञ्चारकर्मी, राजनीतिक दल, बिभिन्न संघ संस्थाका प्रतिनिधी लगायत नागरिक समाजका बिभिन्न व्यक्तिहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१०

चितवन, रत्ननगर नगरपालिका-१४, पारिजात चोक स्थितमा प्रहरी चौकी जुटपानीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा जिल्ला चितवन रत्ननगर नगरपालिका-१६ बस्ने ३५ वर्षीय हरी बिष्टको साथबाट लागुऔषध ब्राउन सुगर ३२० मिलीग्राम, जिल्ला बारा कलैया नगरपालिका-७ घर भई हाल जिल्ला चितवन कालिका नगरपालिका-६ बस्ने ४० वर्षीय अबदुल अन्सारी भन्ने नेजाबुद अन्सारीको साथबाट १४० मिलीग्राम ब्राउन सुगर  र जिल्ला चितवन रत्ननगर नगरपालिका-१४ बस्ने ४० वर्षीय बलराम श्रेष्ठको लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा पठाएको छ ।