प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकल र स्कुटर ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु

२०८०-०१-०५

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-२, विहानी पम्प स्थित पृथ्वी लोकमार्गमा काठमाण्डौं देखी चितवनतर्फ जाँदै गरेको प्र ३ -०२-००६ प ५८२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०२-०३२-प १६५५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला गोरखा, गोरखा नगरपालिका-९ बस्ने अन्दाजी २६ वर्षीय लक्ष्मण बानिँया घाईते भई उपचारको लागी स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र गजुरी ल्याईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर चालक घाईते भई उपचारको लागि गजुरी अस्पताल पठाएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ४० वर्षीय महिलाको मृत्यु
२०८३-०१-०४

मकवानपुर, बागमती गाउँपालिका-७ पाथिभरा स्थित मदन भण्डारी लोक मार्गमा दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाक प्रहरी कार्यालय फापरबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटी गई बुझ्दा सोहि स्थानको सडकको बायाँ छेउमा रोकि रहेको ना २ ह ४५९२ नम्बर अटोलाई हेटौंडाबाट ताप्लेजुङ तर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ३०८१ नम्बरको कारले ठक्कर दिदा दुबै सवारी साधनहरु सडकको नालिमा खस्न गई दुर्घटना हुँदा अटोमा सवार ३ जनालाई उपचारको लागी अस्पताल लगिएकोमा बागमती गाउँपालिका-७ बस्ने वर्ष ४० की चिनी माया रूम्बालाई डाक्टरले मृत घोषणा गरेको र २ जनाको उपचार भईरहेको छ ।