प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङः- लागुऔषध सहित मानिस पक्राउ

२०७८-०६-१७

  • A
  • A-
  • A+
Share

असोज १७, धुनिबेशी नगरपालिका-९ खत्रीपौवा स्थित त्रिभुवन राजपथमा अस्थाई प्रहरी पोष्ट खत्रिपौवाबाट प्र.स.नि.को कमाण्डमा खटि गएको टोलीले चेकजाँच गर्ने क्रममा मकवानपुरबाट काठमाण्डौँ तर्फ जाँदै गरेको ना १ ज ५५७० नं.को टाटा सुमोलाई चेकजाँच गर्दा उक्त गाडीमा रातो झोलामा १ के.जि. ९६० ग्राम लागुऔषध चरेश जस्तो देखिने खैरो धूलो सहित जिल्ला मकवानपुर थाहा नगरपालिका-७ पाखुरे बस्ने वर्ष ३७ को चन्द्र बहादुर स्याङ्ताङ, सोहि बस्ने वर्ष ३० को राम स्याङ्ताङ तथा थप अनुसन्धानको लागी टाटा सुमो र सुमो चालक जिल्ला मकवानपुर थाहा नगरपालिका-७ चल्ति बस्ने वर्ष २८ को नवराज खत्री लाई समेत नियन्त्रणमा लिई, आवश्यक अनुसन्धान ई.प्र.का.खानीखोलामा भईरहेको ।             

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।