प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

२०७९-११-२८

  • A
  • A-
  • A+
Share

सिन्धुली, फिक्कल गाउँपालिका-४, कुईभिर स्थित मध्य पहाडी लोकमार्गमा ओखलढुङ्गाबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकको भित्तामा ठोक्किदा बसमा सवार ३६ जना यात्रु मध्ये हालसम्म पुरुष-३महिला-३ गरी जम्मा ६ जनाको मृत्यु भएको र चालक सहित ३० जना घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको । घाईतेहरूलाई सुनकोशी सामुदायिक अस्पताल र शुभ जीवन अस्पताल, खुर्कोटमा ल्याई उपचार भईरहेको छ । यस सवारी दुर्घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी भईरहेको छ ।

सम्बन्धित समाचार
दोलखामा भरुवा बन्दुकले लागी एकको मृत्यु
२०८०-०८-१७

दोलखा, तामाकोशी गाउँपालिका-२, झुले स्थित झुलेबाट ३ किलोमिटर दक्षिण डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएको ७ जना मध्ये जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-२, झुले बस्ने अन्दाजी २० वर्षीय सन्जीब सार्कीले चलाएको भरुवा बन्दुकको बट भाँचि अटोमेटिक फाएर भई निजलाई देब्रे भागको छातीमा छर्राले लागी घाईते हुदाँ तत्काल उपचारको तामाकोशी अस्पताल, दोलखामा सामान्य उपचार पश्चात थप उपचारको लागी पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट, दोलखामा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।