प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

प्रहरी परिचालन सम्बन्धी अनुगमन तथा निर्देशन

२०७९-०७-२५

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दोलखा जिल्लामा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, दोलखामा आज आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुका साथै निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक निर्देशन दिनुभएको हो ।


सम्बन्धित समाचार
अवैध लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०६-३०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७, घर भई हेटौंडा उपमहानगरपालिका-१०, स्थित आनन्द टोल स्थित श्री दवाडीको घरमा डेरा गरी बस्ने वर्ष अन्दाजी २८ को संजिब राज थिङको कोठामा लागुऔषध कारोबार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटि गई हेर्दा कोठा भित्र रहेको टि-टेबल माथी प्लाष्टिकको पुरिया बनाई राखेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १४ ग्राम ५२० मिलिग्राम फेला परेको । निज संजिव राज थिङ र कोठामा संगै रहेको हेटौंडा उपमहानगरपालिका-१४, बस्ने वर्ष अन्दाजी २२ की मनिषा थिङलाई लागुऔषध खैरो हिरोईन, नेपाली नगद रु.३१,०००।, डिजिटल तराजु थान १ र कोठा बाहिर रोकी राखेको निजहरुले प्रयोग गरेको बा ७३ प ५४९३ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिई जिल्ल प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान कार्य भई गरिहेको ।