प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०६-०१

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९ भलाद्मी चोक स्थित प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउने जिल्ला महोत्तरी एकटाँगा गाउँपालिका-४ बस्ने २१ वर्षीय नितेष कुमार यादव र सोहि बस्ने २२ वर्षीय कमल भन्ने रहेका छन् । निजहरुलाई प्रहरीको विशेष टोलीले मनहरी-९ भलाद्मी चोक स्थित पैदल हिडिरहेको बेला चेकजाँच गर्दा निजहरुको साथबाट अन्दाजी १५ के.जी. लागुऔषध गाँजा फेला परेको थियो । लागुऔषध सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

धादिङ, गल्छी गाउँपालिका-५, कोईलीखर्क स्थित बस्ने वर्ष अन्दाजी ४४ को अर्जुन तामाङको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ११ जना प्रहरी टोलि खटि गई चेकजाँच गर्ने क्रममा निजको घरभित्र लुकाई राखेको हरियो कलरको जेब्रा झोला भित्र ४ पोका पोल्याण्ड अन्दाजी ४ के.जि. र सेतो कलरको बोराभित्र पोका पारी राखेको अन्दाजी ३ के.जि. लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा, पोल्यान्ड र निज व्यक्ति अर्जुन तामाङ समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अन्दाजी १० क्युन्टल बराबरको लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०३-१६

मकवापुर, कैलाश गाउँपालिका-५, कटहरे स्थित लागू औषध नियन्त्रण व्युरो काठमाण्डौंबाट खटिआएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला मकवानपुर, कैलाश गाउँपालिका-५, कटहरे बस्ने अन्दाजी ७३ वर्षीय हरि बहादुर वाईबा, सोही ठेगाना बस्ने अन्दाजी ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र अन्दाजी १९ वर्षीय राजेन्द्र लामाको घरमा खानतलासि गर्दा ५४ बोरा अन्दाजी १० क्युन्टल लागू औषध गाँजा (तौल गर्न बाकी)  फेलापारी लागू औषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।