प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०५-२९

  • A
  • A-
  • A+
Share

रामेछाप, खाँडादेवी गाउँपालिका-३ आँपचौर स्थित प्रहरीले लागु औषध सहित मानिस नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउने सोहि स्थित बस्ने ४९ वर्षीय नबराज खत्री रहेका छन् । निजको किराना पसलमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा प्रहरीको टोली खटी गई खान तलासी गर्दा लागुऔषध गाँजा अन्दाजी २ किलो बरामद भएको थियो । प्रहरीले निज नबराज खत्री र लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य पनि गरिरहेको छ ।

सम्बन्धित समाचार
नेपाली सेनाका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण सम्पन्न
२०७९-०८-१६

नेपाली सेनाको श्री नेपाली सैनिक स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बिच प्रहरी उपरीक्षक गौतम मिश्रले बागमती प्रदेश प्रहरीको समग्र वस्तुस्थितीको जानकारी गराउँदै जिम्मेवारीको क्षेत्र, प्रहरी कामकारबाही तथा शान्ति सुरक्षा र सहकार्यको बारेमा जानकारी प्रदान गर्नुभएको हो । प्रशिक्षण पश्चात शिक्षार्थी अधिकृतहरूले राख्नुभएको बिभिन्न जिज्ञासाको समेत प्रहरी उपरीक्षक मिश्रले सामाधान गर्नुभएको थियो । कार्यक्रममा नेपाली सेनाका ४१ जना, नेपाल प्रहरीबाट १ जना र राष्ट्रिय अनुसन्धान विभागबाट १ जना गरी जम्मा ४३ जना शिक्षार्थी अधिकृत तथा ३ जना नेपाली सैनिक स्टाफ कलेजका शिक्षक अधिकृतहरूको सहभागिता रहेको थियो ।