प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०२-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१९ बस्तीपुर स्थित प्रहरीले विशेष सूचनाको आधारमा दुई जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्र.स.नि.को कमाण्डमा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको सयुक्त टोलिले हेटौडा उप-महानगरपालिका-१९ बस्तीपुर स्थित लागुऔषध बिक्री बितरण भैरहेको बिशेष सुचनाको आधारमा मनहरी गाउँपालिका-३ बस्ने ३४ वर्षीय रबि घलान र सोहि बस्ने ३० वर्षीय बिनोद बल लाई नियन्त्रणमा लिएको हो । निजहरुको साथबाट लागुऔषध वानरेक्स ३४ पिस १००ml फेला परेको थियो । निजहरुलाई नियन्त्रणमा लिन खोज्दा लुकाई राखेको ह्याण्ड नक प्रहरी माथी प्रहार गर्न खोज्दा प्रहरीले सुरक्षार्थ पेस्तोलबाट १ राउण्ड हवाई फायर गरी निजहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले आवश्यक कार्वाहीको लागी दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा थप अनुसन्धान कार्य   गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-१०-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बुद्धचोक स्थित सार्वजनिक स्थलमा लागुऔषध ओसारपसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ५ जना प्रहरी टोलीले जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १९ को विजय सहनीलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको प्लाष्टिकको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध नाइट्राजेपाम ५७ पत्तामा (५७० ट्याबलेट) रहेको र निजसँगै रहेको जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १८ को मनिस गुप्तालाइ समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित तीन जना मानिस नियन्त्रणमा
२०८२-१०-१९

मकवानपुर, मनहरी गाउँपालिका-९, ज्यामिरे स्थित पुर्व पश्चिम सड्क खण्डबाट अन्दाजी १५० मिटर भित्री सड्क खण्डमा रोकी राखेको UP32FF0055 नम्बरको भारतीय कारलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी हवल्दारको कमाण्डमा खटीएको गस्ति टोलीले उक्त कारमा रातो प्लास्टिकले बेरेको पोका लोड गरी राखेको अबस्थामा देखी चेकजाँच गर्दा लागुऔषध गाँजा अन्दाजी ७ किलो बरामद भएको । कार र कारमा सवार देश भरत उत्तर प्रदेश जिल्ला मुजफरपुर थाना कोतपाल बस्ने अन्दाजी वर्ष २३ को मुसिर मिया, सोहि बस्ने वर्ष २० को जुबेर मिया र सोहि वस्ने वर्ष ४० की साबिता खातुनलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-१०-१८

मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे  चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिरगन्जबाट हेटौंडा बजारतर्फ आउदै गरेको बा.प्र.०३-००१ ज ०९२८ नम्बरको इभि गाडीलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त गाडिमा सवार भइ आएका जिल्ला बाग्लुङ हलङ्चोक नगरपालिका-३ बस्ने वर्ष अन्दाजी १९ को बिवेक घर्तिमगरको साथबाट १ ग्राम ६८० मिलि ग्राम लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको छ । उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।