प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

करेन्ट लागी मृत्यु

२०७८-१२-२०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१ आँपटारी स्थित तौलपुल नजिकै सडक बिभागबाट खटिएको कर्मचारीको करेन्ट लागी मृत्यु भएको छ । मृत्यु हुने जिल्ला तनहु देवघाट बस्ने ३५ वर्षीय भिम बहादुर मगर रहेका छन् । निज सडक छेउको नालीमा सरसफाई गर्ने क्रममा लत्रिएको तारमा छोईन गई करेन्ट लागेको थियो । प्रहरीले घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।