प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट लाखौंको क्षती

२०७८-१२-०४

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-४ खैरहनी स्थित रहेको माधब लामिछानेको धन्सारमा अचानक करेन्ट सर्ट भई आगोलागी भएको छ । आगो प्रहरी, स्थानिय र दमकलको सहायतामा र्णरुपमा नियन्त्रणमा आएको हो । उक्त आगलागीबाट धन्सार र नजिकै रहेको २ वटा कुखुराको फर्ममा रहेको निम्न सामान हरु नष्ट भई अन्दाजी बैसठी लाख (६२,००,०००) बराबरको क्षती भएको छ । आगोबाट कुनै मानबिय क्षती भने भएको छैन् । घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

निम्न

१)     धन्सारमा रहेको ७४ क्विन्टल अन्न ,७० बोरा कुखुराको दाना, फ्रिज, सोलार प्यानल थान-४,ब्याट्री थान-३,ईन्भटर थान -१

२)     कुखुराको फर्ममा रहेको तयारी कुखुरा १५००,चल्ला १०००नष्ट भएको                    

सम्बन्धित समाचार