लागुऔषध सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-२६
- A
- A-
- A+
सिन्धुली दुधौली नगरपालिका-१० सिर्जनानगर
स्थित मदन भण्डारी राजमार्गमा प्रहरी चौकी दुधौली सिन्धुली र बागमती प्रदेश प्रहरी
कार्यालय, हेटौंडाबाट आएका तालिम प्राप्त कुकर जुनु (लागूऔषध खोजी
गर्ने) सहितको १२ जनाको सयुक्त टोलीले सवारी चेकजाँच गर्ने क्रममा दमकबाट
काठमाण्डौतर्फ जादै गरेको बा ५ ख ३१५४ नम्बर हायसमा सवार जिल्ला उदयपुर कटारी नगरपालिका-८
आहाले बस्ने वर्ष ३७ को टेक बहादुर मगरले बोकेको कालो झोला चेकजाँच गर्दा उक्त
झोला भित्र ६ के.जी लागूऔषध गाँजा फेला परेको हो । साथै उक्त लागूऔषध गाँजा सहित
निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।