लागुऔषध सहित एक जना मानिस नियन्त्रणमा
२०८२-११-०७
- A
- A-
- A+
चितवन, भरतपुरम महानगरपालिका-११, भोजाडचोक स्थितमा प्रहरी बिट
भोजाडबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ५ जनाको चेकिङ टोलीले पदमपुरबाट
भोजाड तर्फ आउँदै गरेको ना २ ह २९४५ नं.को अटोलाइ रोकि चेकजाँच गर्ने क्रममा अटोमा
सवार जिल्ला नवलपुर गैडाकोट नगरपालिका-६, बस्ने वर्ष ४३ को राम तामाङको साथबाट लागुऔषध
भोमिन ४८० ट्याब्लेट र ट्रामाडोल ४६० ट्याब्लेट फेला परेको । निजलाइ लागुऔषध सहित नियन्त्रणमा
लिइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको ।