काभ्रेमा झुण्डी २५ वर्षीय महिलाको मृत्यु
२०८२-१०-११
- A
- A-
- A+
काभ्रे, रोशी गाउँपालिका-१२, घर भई हाल जिल्ला काभ्रे बनेपा नगरपालिका-६,
बुडोल स्थित भगवती पोखरेल दाहालको घरमा डेरा गरी बस्ने सरोज भुजेलको श्रीमती अन्दाजी
वर्ष २५ की करुणा पहरीले आफ्नै कोठाको झ्यालको फलामको ग्रिलमा कपडाको पछ्यौरिको
पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।