प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१०-१७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१० बगुवा नेपाली टोल स्थित एक युवकको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि स्थित बस्ने २१ वर्षीय अर्जुन नेपाली रहेका छन् । निज आफनै घरमा ट्रस्टको फलाममा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।      

सम्बन्धित समाचार
संचारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०२-२४

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा संचारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा मकवानपुर जिल्लास्थित विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरूसँग उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा उपस्थित संचारकर्मीहरूले बागमती प्रदेशको शान्ति सुरक्षाको विषयमा विभिन्न जिज्ञासा राख्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख राणाले संचारकर्मीको जिज्ञासाको जवाफ दिनुभएको थियो । यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राणाले प्रभावकारी शान्ति सुरक्षा व्यवस्थापनमा संचार माध्यमको समेत महत्वपूर्ण भूमिका हुने भएकाले निरन्तर समन्वय गर्दै अगाडी बढ्न संचारकर्मीहरूलाई आह्वान समेत गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरी अन्तर्गतका कार्यालयहरूको काम कारबाहीको सन्दर्भमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो ।