प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१०-१४

  • A
  • A-
  • A+
Share

मकवनपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोलिले हेटौडा उपमहानगरपालिका-४ कपुर कम्प्लेक्स स्थित बाट र सोहि उपमहानगरपालिका-१० बस पार्क स्थितबाट लागुऔषध सहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोलिले बा २४ प ४५९५ नं.को मोटरसाईकल लाई रोकि चेकजाँच गर्दा मोटरसाईकल चालक हेटौडा उपमहानगरपालिका-४ हुप्राचौर बस्ने २४ वर्षीय अनिल कुमार तामाङलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । निजको साथबाट लागुऔषध नाईट्रोभेट- ४८ पिस फेला परेको थियो । साथै सोहि टोलिले हेटौडा उपमहानगरपालिका-१० बस पार्क स्थितमा बसिरहेको एक युवक माथि शंका लागी निजलाई चेकजाँच गर्दा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका-२२ बस्ने २३ वर्षीय अनिस तामाङ लाई समेत नियन्त्रणमा लिएको हो । निज अनिस तामाङको साथबाट लागुऔषध नाईट्रोभेट ६९ पिस फेला पारेको थियो । प्रहरीले दुबैलाई थप अनुसन्धनको लागी जि.प्र.का.मकवानपुर ल्याई आवश्यक कारबाही गरिरहेको छ । 

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।