प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

८० किलोग्राम भन्दा बढी लागुऔषध गाँजा बरामद

२०८२-०२-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-३, थानाबजार स्थित त्रिभुवन राजपथ सडक खण्डमा लागुऔषध ओसार पोसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले डाँडाबासबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ५ च. ४४११ नम्बरको सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको ढोका र डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा प्लाष्टिकले बेरिएको लागुऔषध गाँजा १३ वटा प्याकेट तौल गर्दा ८० किलो १२० ग्राम रहेको र गाडी चालक जिल्ला गोर्खा, पालुङटार नगरपालिका-१० अन्दाजी २८ वर्षीय मधुसुदन अधिकारी र गाडीमा सवार जिल्ला सिन्धुली, दुधौली नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षीय नवराज खड्कालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।