प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी मृत्यु

२०८२-०१-०८

  • A
  • A-
  • A+
Share

काभ्रे, बनेपा नगरपालिका-५, चप्लेटी बस्ने अन्दाजी वर्ष ४८ को धर्मेन्द्र भुजेल आफ्नै घरबाट अन्दाजी २० मिटर तल आफ्नै बारिमा रहेको तिमिलाको रुखमा नाईलनको डोरीले पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८२-११-०३

तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकज्यूले यस कार्यालयले निर्वाचन सुरक्षार्थ तयार गरेको जनशक्ती परिचालन, स्रोतसाधनको व्यवस्थापन, योजना सम्बन्धि जानकारी लीनुभई आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा प्रहरी कर्मचारीहरुले आफ्नो तोकिएको जिम्मेवारी त्रुटि रहित ढंगबाट वहन गर्न आवश्यक निर्देशन दिनुभएको थियो ।