प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट मानिसको मृत्यु

२०८१-१२-१२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२९, चौधकिलो स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ४८७४ नं. को कोईला बोकेको ट्रक आफै अनियन्त्रित भई त्रिशुली नदिमा खसेको । सह-चालक जिल्ला रौतहट गरुडा नगरपालिका-५, बस्ने वर्ष १९ को असुन्द्र कुमार यादवको टाउको र दुबै हात खुट्टामा चोट अवस्था मध्यम रहेको र चालक जिल्ला रौतहट सखुवा घर बताउने वर्ष अन्दाजी ३५ को राम नारायण यादवलाई उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धन थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
११ किलोग्राम लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०३-२२

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिम्टार स्थित पृथ्वी लोकमार्गमा आदमघाटबाट चितवन तर्फ जाँदै गरेको जिल्ला धादिङ गजुरी गाउँपालिका-७ किरान्चोक बस्ने वर्ष ३६ को राजेन्द्र खड्काले चलाएको बागमती प्रदेश ०३-००१ ह. २१२६ नं. को अटोलाई प्रहरी चौकी जोगिमाराबाट खटि गएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रम्मा उक्त अटोमा लुकाई छिपाई राखेको रातो निलो कलरको प्लास्टिकमा पोका पारेको ११ पोका अन्दाजी ११ किलो लागुऔषध गाँजा फेला परेको छ । उक्त लागुऔषध गाँजा सहित अटो र निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध खैरोहिरोईन सहित मानिस नियन्त्रणमा
२०८२-०३-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, आरामपुर स्थित सोही स्थानको मानेडाँडा बस्ने सन्त बहादुर पाख्रिनको छोरा वर्ष अन्दाजी ३४ को बिनोद पाख्रिनले लागुऔषधको कारोवार गरिरहेको छ भन्ने  विशेष सुचनाको आधारमा खबर प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई निजललाई शंका लागि चेकजाँच  गर्दा निजले लगाएको पाईन्टको गोजिमा लुकाइ छिपाइ गरीराखेको  सानो सानो ८ पुरीयामा अन्दाजी ०.९ मिली ग्राम लागु औषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको । निजलाई लागुऔषध खैरोहिरोईन सहित नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२०

मकवानपुर, भिमफेदि गाउँपालिका-१, बागझोरा स्थित हेटौंडा भैसे सडकखण्डमा प्रहरी चौकी भैसेबाट प्रहरी सहायक निरीक्षक र प्रहरी चौकी चौकीटोलबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलिले सानोटारबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बा.९४ प ८०८६ नं.को मोटरसाईकललाई रोकि चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ बस्ने अन्दाजी वर्ष ३६ को कुमार सिं गोलेले बोकेको झोलामा लागुऔषध गाँजा अन्दाजी ७ किलोग्रम फेला परेको । निजलाई लागुऔषध गाँजा र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।