प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट एकको मृत्यु

२०८१-१०-२८

  • A
  • A-
  • A+
Share

नुवाकोट, लिखु गाउँपालिका-५, अमिलबोटे स्थित टोखा छहरे सडक खण्डमा त्रिसुली तर्फबाट काठमाण्डौ तर्फ आउदै गरेको बा.प्र.०६००१ ज ०४३९ नम्बरको EV गाडी र काठमाणडौं तर्फबाट त्रिसुली तर्फ जादै गरेको बागमती प्रदेश०२०२३प २४६४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला रसुवा उत्तरगया गाउँपालिका बस्ने अन्दाजी ३०/३५ वर्षीय प्रमोद थापा टाउकोमा र दायाँ खुट्टामा चोटलागेको र मोटरसाईकल पछाडी सवार जिल्ला रसुवा उत्तरगया गाउँपालिका-५, बस्ने अन्दाजी ३८ वर्षीय पुरुषोत्तम लामिछाने गम्भीर घाईते भई उक्त EV गाडीमा उपचारको लागि लगेकोमा निज पुरुषोत्तम लामिछानेको  मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।