प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवन

२०७८-०९-२५

  • A
  • A-
  • A+
Share

 नुवाकोट, बिदुर नगरपालिका-५ पिपलटार स्थितबस्ने स्व.रामचन्द्र कुमालको श्रीमती अन्दाजी बर्ष ४० की साबित्री कुमालले तरकारीमा छर्ने बिषादी सेवन गरी असक्त भई उपचारको लागी त्रिशुली अस्पताल नुवाकोट ल्याएको, उपचारमा निजको ससुरा संलग्न रहेको, अवस्था गम्भिर रहेको  बिषादी सेवन गर्नु को कारण नखुलेको थप अनुसन्धान कार्यभईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।

लागुऔषध सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-११-११

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी बजारमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटीएको ५ जनाको टोलीले  गस्ति गर्दै जाने क्रममा सडक छेउमा हिडीरहेकी देश भारत जिल्ला बेतिया १४ बस्ने वर्ष अन्दाजी ३६ की रिना देबीलाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको कपडाको बुटेझोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाजाँ ५ किलो १०६ ग्राम फेला परेको । निज रिना देबीसँगै हिडेरहेको सोहि-१०, बस्ने वर्ष अन्दाजी ३५ को रुपेश कुमार र अन्दाजी वर्ष ४० को राकेश कुमार समेतलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीमा ल्याईएको ।