प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८१-०७-२५

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका-३, घिसिङ डाँडा बस्ने ४९ वर्षीया कान्छी माया स्याङतानले S.A.C. 505 नामक साङलो मार्न प्रयोग गर्ने विषादी सेवन गरि बिमारी भई अचेत अवस्थामा निजकै छोरा सेवाङ स्याङतानले देखि तत्काल उपचारको लागि महाभारत स्वास्थ्य चौकीमा लगि सामान्य उपचार पश्चात थप उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा ल्याई उपचार भईरहेकोमा निज कान्छी माया स्याङतानको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
खैरो हिरोइन सहित मानिस नियन्त्रणमा
२०८३-०३-१४

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासको संयुक्त टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको  चालक जिल्ला सिन्धुली कमलामाई नगरपलिका- १२ बस्ने बर्ष अन्दाजी-२५ को तुल बहादुर घिमिरेले चलाएको बा ४ ख २९६५ नम्बरको हायसमा सवार जिल्ला झापा कमल गाँउपालिका-५ बस्ने बर्ष अन्दाजी-२८ को पुजन थापालाई शंका लागि चेक जाजँ गर्दा निजले लगाएको जिन्स पाइन्टको गोजीमा लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ २.१०० ग्राम फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।