प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८१-०७-२५

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका-३, घिसिङ डाँडा बस्ने ४९ वर्षीया कान्छी माया स्याङतानले S.A.C. 505 नामक साङलो मार्न प्रयोग गर्ने विषादी सेवन गरि बिमारी भई अचेत अवस्थामा निजकै छोरा सेवाङ स्याङतानले देखि तत्काल उपचारको लागि महाभारत स्वास्थ्य चौकीमा लगि सामान्य उपचार पश्चात थप उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा ल्याई उपचार भईरहेकोमा निज कान्छी माया स्याङतानको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।