प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि एकको मृत्यु

२०८१-०६-०९

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-९, पूर्व पश्चिम सडक खण्डको टिकौली जंगल नजिक बिरगन्जबाट नवलपरासीको CG तर्फ जांदै गरेको रा१ख ३०४८ नम्बरको चाउचाउ बनाउने कच्चा पदार्थ लोड भएको ट्रक र भरतपुरबाट टांडी तर्फ आउँदै गरेको ना३८प ११९१ नम्बरको  मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुंदा मोटरसाईकल चालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका-५, बस्ने वर्ष ३४ को राजन न्यौपाने गम्भिर घाईते भई भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेकोमा निजको उपचारको क्रमममा मृत्यु भएको । ट्रक चालक जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका-११ बस्ने वर्ष अन्दाजी २४ को बिनोद राउत इप्रका टांडीको नियन्त्रणमा रहेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध चरेस र गाँजा सहित ३ मानिस नियन्त्रणमा ।
२०८३-०१-०७

धादिङ, गल्छि गाउँपालिका-७ गल्छि बजार स्थित सोही ठाउँ बस्ने बर्ष अन्दाजी-३२ संगम श्रेष्ठको घरमा शंकास्पद रुपमा निम्न: मानिसहरु जिल्ला बाँके कोहलपुर नगरपलिका वडा-१० बस्ने बर्ष अन्दाजी-२० को छोटु अन्सारी र कोहलपुर नगरपालिका- १० बस्ने बर्ष अन्दाजी- ३५ को साहिद अलि बसिरहेको अबस्थामा शंका लागि नियन्त्रणमा लिएर चेकजाँज तथा खानतलासी गर्दा खरानी कलरको सुटकेश भित्र १७ किलो ४१० ग्राम लागुऔषध गाजाँ  तथा कालो कलरको भिर्ने झोला भित्र लागुऔषध २ किलो ५० ग्राम चरेस फेला परेकोले ३ जना व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध खैरो हिरोइन सहित भारतीय नागरिक नियन्त्रणमा ।
२०८३-०१-०६

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान स्थित चेकपोष्टमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले चेकजाँच गर्दा बिराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ६३५६ नं. को हाईसको पछाडीको सिटमा सवार सिपोल जिल्ला बिहार राज्य राधोपुरग्राम पञ्चायत भारत बस्ने उमेश जैसवालको छोरा वर्ष ४५ को शंकर जैसवालको पछाडी बोक्ने कालो झोलाको पछाडीको पकेट भित्र लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ २५.३८० ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटनामा परि ४० वर्षीय महिलाको मृत्यु
२०८३-०१-०४

मकवानपुर, बागमती गाउँपालिका-७ पाथिभरा स्थित मदन भण्डारी लोक मार्गमा दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाक प्रहरी कार्यालय फापरबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटी गई बुझ्दा सोहि स्थानको सडकको बायाँ छेउमा रोकि रहेको ना २ ह ४५९२ नम्बर अटोलाई हेटौंडाबाट ताप्लेजुङ तर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ३०८१ नम्बरको कारले ठक्कर दिदा दुबै सवारी साधनहरु सडकको नालिमा खस्न गई दुर्घटना हुँदा अटोमा सवार ३ जनालाई उपचारको लागी अस्पताल लगिएकोमा बागमती गाउँपालिका-७ बस्ने वर्ष ४० की चिनी माया रूम्बालाई डाक्टरले मृत घोषणा गरेको र २ जनाको उपचार भईरहेको छ ।