प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि एकको मृत्यु

२०८१-०५-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर २९ चुनेखोला स्थित नारायणघाट मुग्लिङ सडक खण्डमा जनकपुरबाट भैंसी लोड गरी काठमाण्डौं तर्फ जाँदै गरेको ना८ख ५९६१ नं.को ट्रकमा मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको  बा.प्र.०३-००२ प ६१७८ नं. को स्कुटर कन्ट्रोल नभई वाँया साईडमा गई ठोक्किदा स्कुटर चालक जिल्ला तनहुं घाँसीकुवा गाउँपालिका-६ बस्ने वर्ष ३७ को कृष्ण बहादुर थापा गम्भिर घाईते भई निजलाई नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०२-०५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी चोक स्थित गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सुमन चापागाईको कमाण्डमा खटिएको टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३१३० नं.को बसलाई रोकी चेकजाँच गर्दा जिल्ला धादिङ गल्छि गाउँपालिका-४, बेल्खु स्थित अम्लेश्वर पेट्रोल पम्पबाट उक्त बसमा चढेका वर्ष ४४ को बद्री अधिकारी र ४६ वर्षीय देबराज अधिकारीलाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको २ वटा कालो झोला भित्र प्लाष्टिकले पोको पारेको अन्दाजी १ किलोग्राम बराबरको ४/४ वटा गरी ८ वटा पोकामा अन्दाजी ८ किलोग्राम बराबरको लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।