प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको प्रशासनिक भवनको समुद्‍घाटन सम्पन्न ।

२०८१-०४-३०

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको प्रशासनिक भवन समुद्‍घाटन सम्पन्न भएको छ । आज मिति २०८१।०४।३० गते आयोजित समुद्‍घाटन कार्यक्रममा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री बहादुर सिंह लामा (तामाङ) ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो  । उक्त कार्यक्रममा माननीय आर्थिक मामिला तथा योजना मन्त्री श्री कुन्दन राज काफ्लेज्यू, माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्री सुरज चन्द्र लामिछानेज्यू, माननीय स्वास्थ्य मन्त्री श्री किरण थापा मगरज्यू,  माननीय खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्री श्याम बहादुर खड्काज्यू, माननीय  युवा तथा खेलकुद मन्त्री श्री मीनकृष्ण महर्जनज्यू,  माननीय श्रम, रोजगार तथा यातायात मन्त्री श्री प्रेमभक्त महर्जनज्यू, माननीय उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री श्री सुकमाया तामाङज्यू, माननीय संस्कृति पर्यटन तथा सहकारी मन्त्री श्री बिमल ठकुरी ज्यू, माननीय विना विभागीय मन्त्री श्री मधु कुमार श्रेष्ठज्यूको उपस्थिति रहेको थियो ।

  साथै उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्री ललित बहादुर घलानज्यू, हेटौंडा उपमहा नगरपालिकाका उपप्रमुख श्री राजेश बानियाँज्यू, मध्ये पृतना हेडक्वाटर सुपारिटार हेटौंडाका सहायकरथि श्री सुभाष जंग थापाज्यू, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव श्री पूर्ण बहादुर दर्जीज्यू, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्री कृष्ण प्रसाद मैनालीज्यू,  मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री तीर्थराज चिलुवालज्यू, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख राजनैतिक सल्लाहकार श्री विनोद साहज्यू, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री बिष्णु कुमार के.सी.ज्यू, नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणी आचार्यज्यू, शसस्त्र प्रहरी ३ नं. बाहिनी भण्डारा चितवनका सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री गणेश बहादुर ठाडा मगरज्यू, विभिन्न मन्त्रालय एवं कार्यालयका प्रमुख तथा कर्मचारीज्यूहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारी ज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, सञ्चारकर्मी ज्यूहरु, निर्माण व्यावसायीज्यू, पूर्व प्रहरी कर्माचारी संगठनका पदाधिकारीज्यूहरू, सामुदायिक सेवा केन्द्रहरुका अध्यक्ष एवं पदाधिकारीज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशका पदाधिकारीज्यूहरु स्थानीय भद्र भलाद्मी, विभिन्न संघ-संस्थामा आवद्ध व्यक्तित्वहरू, प्रहरी कर्मचारीज्यूहरू लगायतको उपस्थिति रहेको थियो ।

 साथै नवनिर्मित बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको प्रशासनिक भवन निर्माणमा योगदान पुर्‍याउनु हुने निर्माण व्यावसायि एवं  प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथिज्यूबाट प्रशंसा पत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुखज्यूबाट प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान एवं धन्यवाद मन्तव्य राखि कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८३ कार्यक्रम सम्पन्न
२०८३-०२-२७

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाण्डौ र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा यस बागमती प्रदेश प्रहरी कार्यालयको हलमा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री इन्द्रबहादुर बानियाँज्यूको प्रमुख आतिथ्यतामा एक दिवसीय “ बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी” कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा विशिष्ट अतिथि माननीय आन्तरिक मामिला मन्त्री शिवराज अधिकारीज्यू, विशिष्ट अतिथि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्र.अ.म.नि. सुशिल सिंह राठौरज्यू, उच्च सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता पुजा खत्रीज्यू, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि. दिपक रेग्मीज्यू, प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुख र अनुसन्धान अधिकृत, कसुरको अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुखहरु, पत्रकार महासंघका अध्यक्ष, संचारकर्मीहरु गरी १७२ जनाको उपस्थिति रहेको थियो ।