प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०४-०५

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-६, भित्री सडकखण्ड स्थित लागुऔषधको कारोबार गरि रहेको छ भन्ने सूचना प्राप्‍त हुनासाथ जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी टोली खटी गई जिल्ला दोलखा, भिमेश्वर नगरपालिका-८, बस्ने अन्दाजी २२ वर्षीय आशिश बस्नेत र जिल्ला दोलखा, मेलुङ गाउँपालिका-५, बस्ने अन्दाजी २१ वर्षीय शौरभ थापालाई नियन्त्रणमा लिई निज दुबै जनाको शरिर खानतलासी गर्दा निजको साथबाट NITRAZEPAM-TABLETS-नाम लेखिएको १५ चक्की र TRAMADUS-50 नाम लेखिएको (५५३ वटा क्याप्सुल ) सहित फेला पारी थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।