प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०४-०५

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-६, भित्री सडकखण्ड स्थित लागुऔषधको कारोबार गरि रहेको छ भन्ने सूचना प्राप्‍त हुनासाथ जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी टोली खटी गई जिल्ला दोलखा, भिमेश्वर नगरपालिका-८, बस्ने अन्दाजी २२ वर्षीय आशिश बस्नेत र जिल्ला दोलखा, मेलुङ गाउँपालिका-५, बस्ने अन्दाजी २१ वर्षीय शौरभ थापालाई नियन्त्रणमा लिई निज दुबै जनाको शरिर खानतलासी गर्दा निजको साथबाट NITRAZEPAM-TABLETS-नाम लेखिएको १५ चक्की र TRAMADUS-50 नाम लेखिएको (५५३ वटा क्याप्सुल ) सहित फेला पारी थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।