प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८१-०३-१२

  • A
  • A-
  • A+
Share

रामेछाप मन्थली नगरपालिका-१३ भुषालटोल स्थित बस्ने अमित भुषाल दमाईको श्रीमती वर्ष २७ की सम्झना भुषाल दमाईले छिमेकी कैलास दमाईको मानिस बसोबास नगर्ने कच्ची घरको निदालमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०२-०५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी चोक स्थित गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सुमन चापागाईको कमाण्डमा खटिएको टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३१३० नं.को बसलाई रोकी चेकजाँच गर्दा जिल्ला धादिङ गल्छि गाउँपालिका-४, बेल्खु स्थित अम्लेश्वर पेट्रोल पम्पबाट उक्त बसमा चढेका वर्ष ४४ को बद्री अधिकारी र ४६ वर्षीय देबराज अधिकारीलाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको २ वटा कालो झोला भित्र प्लाष्टिकले पोको पारेको अन्दाजी १ किलोग्राम बराबरको ४/४ वटा गरी ८ वटा पोकामा अन्दाजी ८ किलोग्राम बराबरको लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।