प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-१२-२९

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-९, आजाद टोल बस्ने अन्दाजी ८५ वर्षीय हरि प्रसाद गौतम जिल्ला काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-११, अपाङ्ग अस्पताल जाने बाटोको जंगलमा बोट बिरुवामा हाल्ने Sac 505 नामक बिषादी सेवन गरी ढलि रहेको अवस्थामा फेलापारी उपचारको लागि शिरमेमोरीयल अस्पताल बनेपा ल्याई उपचार गरिरहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०६-१५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी स्थित गोप्य सुचनाको आधारमा जिल्ला पुर्वी नवलपरासी विनय त्रिवेणी गाउँपालिका-३, घर भई जिल्ला रुपन्देही सिदार्थ गाउँपालिका-३, बस्ने वर्ष ३६ को दान बहादुर बि.क.ले बोकेको निलो झोलामा र जिल्ला रुपन्देही सत्यी गाउँपालिका-२, बस्ने वर्ष २० को चन्द हरीजनले बोकेको हरियो रंगको झोला भित्र अन्दाजी ७ किलो लागुऔषध गाँजा ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी गल्छीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गजुरी पठाएको ।