झुण्डी मृत्यु
२०७८-०८-२३
- A
- A-
- A+
नुवाकोट, मेगाङ गाउँपालिक-२
रालुका स्थित एक युवकको झुण्डी मृत्यु भएको छ ।
झुण्डी मृत्यु हुने सोहि गाउँपालिका-२ रालुका बस्ने खेस
बहादुर तामाङको छोरा २० वर्षीय आशीष तामाङ
रहेका छन् । निज घर देखि भैसीलाई घाँसपानी खुवाउन भनी हिडेकोमा घर फर्की नआई वेपत्ता
भएका थिए । वेपत्ता भएका निजको खोजतलाश गर्दै जाने क्रममा निज आफ्नो घर देखि
अन्दाजी २ कि.मि.पश्चिम तर्फ रहेको खत्ले खोला जंगलमा कटुसको रूखमा नाम्लोको डोरीले
पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।
घटनास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य
गरिरहेको छ ।