प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७८-०८-१९

  • A
  • A-
  • A+
Share

मकवनापुर, मनहरी गाउँपालिका-७ मनहरी पुल छेउ स्थित प्रहरीले एक जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।

प्रहरीको नियन्त्रणमा आउने राक्सिराङ गाउँपालिका-२ बस्ने २७ वर्षीय बिनोद मोक्तान रहेका छन् । निजलाई मा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी बाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो । निज फलामे बाट मनहरी तर्फ पैदल आउँदै गर्दा पुर्व पश्चिम सडक खण्ड मनहरी पुल छेउ स्थित प्रहरीले निजलाई चेकजाच गर्दा निजले पछाडी भिर्ने कालो झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ५ किलो फेला परेको थियो ।

प्रहरीले लागुऔषध गाँजा सहित निज बिनोद मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय मनहरीमा गरिरहेको छ । 

सम्बन्धित समाचार