प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुरघट्नामा परी मृत्यु

२०७८-०८-१५

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-११ विशालचोक स्थित ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

स्कुटर चालक जिल्ला नवलपुर मध्यबिन्दु नगरपालिका-७ बस्ने २० वर्षीय सन्जु ढकाल रहेकी छिन् । उक्त स्कुटरमा सवार सोहि बस्ने २२ वर्षीय मन्जु ढकाल सामान्य चोटपटक मात्र लागेको । ना४ख २१५७ नं.को ट्याङकर आँपटारीबाट केन्द्रिय बसपार्क तर्फ आउँदै गर्दा बिरेन्द्र क्याम्पसबाट मालपोतचोक तर्फ आउँदै गरेको बा.प्र.०३-००२प ९६३८ नं.को स्कुटरलाई ठक्कर दिएको थियो । उक्त दुरघट्नामा परी घाईते भएका निजहरुको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भईरहेकोमा स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको हो ।

यस घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०९-२८

मकवनापुर, मनहरी गाउँपालिका-८ सिमपानी स्थित पुर्व पश्चिम सडक खण्डमा खटियको प्रहरि टोलीले चिवतनबाट हेटौंडा तर्फ  जाँदै गरेको लु३च ९७४ नं. को योद्धा पिकअप गाडीलाई शंका लागी चेकजाच गर्दा सोही गाडीमा लुकाई छिपाई ल्याएको लागुऔषध चरेस २० किलो ५०० ग्राम, १० किलो गाजाको धुलो फेला परेकोले गाडी चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६ बस्ने बर्ष ३३ को सन्त बहादुर थिङ, सवार ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २७ को ललित बहादुर थिङ र जिल्ला चितवन राप्ती नगरपालिका-११ भण्डारा बस्ने बर्ष २८ को राम बहादुर तामाङलाई गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।