प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

डुबी मृत्यु

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

रामेछाप, लिखुतामाकोसी गाउँपालिका-६ पाखाबारी स्थित तामाकोसी नदि तर्ने क्रममा नदिले बगाई एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुने सोहि बस्ने टक बहादुर कार्कीको श्रीमती ४९ वर्षीय एकमाया कार्की रहेकी छिन् । निज बगरबेसी स्थितबाट, सानिमा हाइड्रोको हाईटेशन लाईनको सामान ओसारपसार गर्न ४ वटा ड्रम डोरीले बाँधेर बनाएको फेरी (डुङ्गा) मा आफुखुसी चढी तामाकोसी नदी तर्ने क्रममा ड्रम बाँधेको डोरी फुस्किन गई तामाकोसी नदीले बगाई मृत्यु भएको थियो । प्रहरीले स्थानियको सहयोगमा निजको खोजतलाश गर्ने क्रममा अन्दाजी ५०० मिटर तल उक्त नदिको किनारमा मृत अवस्थामा फेला पारेको थियो ।

यस सम्बन्धमा लाशजाँच मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।