प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रूखबाट लडी एकको मृत्यु

२०८०-१०-०८

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-२, मिलन टोल बस्ने ५८ वर्षीय रत्न बहादुर प्रजा शिवशक्ति सामुदायिक वनमा घाँस काट्न जाँदा सन्दनको रूखमा चढी घाँस काट्ने क्रममा रूखबाट लडी गम्भिर घाईते भई जंगलबाट घर ल्याउने क्रममा निजको बाटामा नै मृत्यु भएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-१२-०४

धादिङ, गजुरी गाउँपालिका-२, रातामाटे स्थित राक्सीङबाट चालिसेतर्फ आउँदै गरेको बा. ९३ प. ३३४० नं. को पल्सर मोटरसाईकलमा लागुऔषध गाँजा ल्याउँदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा रातो जेब्रा झोला र खैरो लेदरको झोला भित्र अन्दाजी ६ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेको । मोटरसाईकल चालक जिल्ला धादिङ गजुरी गाउँपालिका-३, वालसिङ्ग बस्ने वर्ष २३ को सुनिल तामाङ र सोहि बस्ने वर्ष ३५ को दिल बहादुर तामाङलाई लागुऔषध गाँजा र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।