प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-०९-२५

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, सिमलटार बस्ने अन्दाजी ३२ वर्षीय बलराम चित्रकारले आफ्नै घरमा सेलफस नामक विषादी सेवन गरी बिरामी भई उपचारको हेटौंडा अस्पताल मकवानपुर लगिएकोमा अवस्था गम्भीर भई थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर भएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०३-०८

सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ चिसापानी स्थितमा अबैध लागु औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट टोली खटी गई उक्त स्थानमा रहेको थोले ब्लोनको गोठमा खानतलासी गर्दा सुति रहेको अवस्थामा जिल्ला उदयपुर कटारी नगरपालिका-६ घर भई हाल हरिहरपुरगढी गाउँपालिका-७ चिसापानी बस्ने वर्ष ४६ को कुमार पाख्रिन र बोरा तथा फलामको ड्रममा लुकाई-छिपाई राखेको अवस्थामा अन्दाजी ६१५.९३ के.जि. लागुऔषध गाँजा फेला पारी निजलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-०८

मकवानपुर थाहा नगरपालिका-६ बज्रबाराही बजार स्थित कुलेखानी सडक खण्डमा लागुऔषध लुकाई छिपाई ल्याउदै छ भन्ने विशेष सूचनाको अधारमा अस्थाई प्रहरी पोष्ट, बज्रबाराही मकवानपुरबाट र इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट टोली खटि गई हेटौडांबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०६-०१ प ३७६६ नम्बरको TVS मोटरसाईकल चालक जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने वर्ष अन्दाजी ३० को अरबिन खरेल र पछाडी सवार जिल्ला कैलाली टिकापुर नगरपालिका-६ बस्ने वर्ष अन्दाजी २७ को अंकित अधिकारीलाई चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार अंकित अधिकारीको साथबाट लागुऔषध-१० MG नाईट्रोभेट ११फाईल (२२पत्ता) फेला पारी  उक्त नाईट्रोभेट सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०३-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैया तर्फ जादै गरेको ना ७ ख १०५२ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको सिट नम्बर ११ मा  रहेको जिल्ला धनुषा, लक्षमिनिया गाउँपालिका-६ बस्ने अन्दाजी २८ वर्षीय मोहम्द मुस्ताख राइनलाई शंका लागि चेकजाँच गर्दा निज बसेको सिट माथिको डिक्किको झोलामा लुकाई छिपाई राखेको ३ किलो १७० ग्राम लागुऔषध गाँजा फेला पारी उक्त लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।