प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रूखबाट लडी एकको मृत्यु

२०८०-०७-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-७, रमौली बस्ने अन्दाजी २८ वर्षीया रिता सुनारी मगर नजिकैको जङ्गलमा घाँस काट्न गएकोमा अचानक रूखबाट लडि घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज, चितवन लगेकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परी एकको मृत्यु
२०८१-०२-१२

मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँ बजार स्थित पूर्व पश्चिम राजमार्गमा हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना.५ख ७७२१ नं.को ट्रकले बिपरित दिशा तर्फबाट आउँदै गरेको बा.प्र.-०३-००४प ६९७३ नं.को बुलेट मो.सा.लाई ठक्कर दिइ दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-८, कमाने बस्ने वर्ष ४५ को दिनेश कार्कीको टाउको र शरिरको बिभिन्न भागमा चोट लागी गम्भिर घाईते भई उपचारको लागि चितवन नयाँ मेडिकल कलेज भरतपुर चितवनमा पठाइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लगुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३, लेवट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी बसामाडी लेवटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटीएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा बस्तिपुर तर्फबाट हेटौंडा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ज ००४६ नम्बरको म्याजिक रोकी राखेकोमा म्याजिकमा सवार सबै प्यासेन्जरहरु झरी गएकोले तत्काल उक्त म्याजिकलाई शंका लागि चेकजाँच गर्दा काठको मन्दिर भित्र दुई वटा कपडाको पोका फेला परेकोले उक्त पोका खोली हेर्दा लागु औषध गाँजा १० किलो ४४२ ग्राम फेला परेको । लगुऔषध सहित म्याजिक चालक लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, चुरियामाई पिपलबोट चेक पोइन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त चेकिङ टोलीले बिरगंजबाट  हेटौंडा तर्फ आउँदै गरेको बा ३ ख ४२ नं.को माईक्रोलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका १६ ईनर्वा बस्ने वर्ष अन्दाजी २१ को तवरेज आलमको साथबाट फेनारगन १०० पिस, सोहि बस्ने वर्ष अन्दाजी १८ को रवि दासको साथबाट डाईजेपाम १०० पिस र सोहि बस्ने वर्ष अन्दाजी २२ को रुस्तम अन्सारीको साथ बाट Noophin-१०० पिस लागुऔषध फेला परेको थियो । निजहरूलाई लगुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरि कार्यालय मकवानपुर पठाएको ।