प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

६८ औं प्रहरी दिवस २०८० को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

२०८०-०६-२६

  • A
  • A-
  • A+
Share

६८ औं प्रहरी दिवस २०८० लाई विभिन्न कार्यक्रमहरू गरी भव्यतासाथ मनाउने क्रममा आज मिति २०८०।०६।२६ गते बागमती प्रदेश प्रहरी गण हेटौँडाको प्राङगणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको समुपस्थितिमा प्रहरी उपरीक्षक भिम किरण बोगटीज्यू, प्रहरी उपरीक्षक ईश्वर थापाज्यू, बागमती प्रदेश प्रहरी गण प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थितिमा विभिन्न प्रजातिको १०० वटा बोटविरुवाहरु रोपिएको थियो । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।