प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

प्रहरी जवान आधारभुत तालिम ६-२०३ औ समूहको दीक्षान्त समारोह सम्पन्न‍

२०८०-०६-०७

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा प्रहरी जवान आधारभूत तालिम ६-२०३ औं समूहको आज बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ । मिति २०७९।०७।२० गते देखि सञ्चालित २३४ कार्यदिन अवधिको प्रहरी जवान आधारभूत तालिम ६-२०३ औं समूहको दिक्षान्त समारोहमा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालज्यू, दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीज्यू, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलज्यू, दुधौली नगरपालिकाका नगर उपप्रमुख चन्द्र किशोर थारूज्यू, बागमती प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्र.ब.उ. कृष्ण हरि शर्माज्यू, श्री नम्वर १ गण तथा पर्यावरण सुरक्षा गण सिन्धुली रानिवासका प्रमुख सेनानी बिमल के.सी.ज्यू, जनप्रतिनिधिज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, संचारकर्मीज्यू, दीक्षित हुने प्रहरी कर्मचारीका अभिभावकज्यू लगायतको उपस्थिति रहेको थियो । 

    दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी प्रमुखज्यूले प्रहरी जवान आधारभूत तालिमका २८० जना प्रशिक्षार्थीहरु मध्ये ८ वटा विधामा उत्कृष्ट प्रहरी जवानहरु लाई पुरस्कार वितरण गर्नु भई दीक्षित प्रहरी जवानका आफन्तजनमा हार्दिक आभार व्यक्त गर्नु भएको थियो । दीक्षित प्रहरी जवानहरुलाई  कार्यक्षेत्रमा अनुशासित, मर्यादित र प्रहरी आचरणको पुर्ण पालना गर्दै संगठन प्रति बफादार र आम नागरिकको सहयोगीका रुपमा मन, बचन र कर्मले उच्च मनोबलका साथ कार्य गर्न शुभकामना सहितको निर्देशन समेत दिनु भएको थियो ।

सम्बन्धित समाचार
११ किलोग्राम लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०३-२२

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिम्टार स्थित पृथ्वी लोकमार्गमा आदमघाटबाट चितवन तर्फ जाँदै गरेको जिल्ला धादिङ गजुरी गाउँपालिका-७ किरान्चोक बस्ने वर्ष ३६ को राजेन्द्र खड्काले चलाएको बागमती प्रदेश ०३-००१ ह. २१२६ नं. को अटोलाई प्रहरी चौकी जोगिमाराबाट खटि गएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रम्मा उक्त अटोमा लुकाई छिपाई राखेको रातो निलो कलरको प्लास्टिकमा पोका पारेको ११ पोका अन्दाजी ११ किलो लागुऔषध गाँजा फेला परेको छ । उक्त लागुऔषध गाँजा सहित अटो र निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध खैरोहिरोईन सहित मानिस नियन्त्रणमा
२०८२-०३-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, आरामपुर स्थित सोही स्थानको मानेडाँडा बस्ने सन्त बहादुर पाख्रिनको छोरा वर्ष अन्दाजी ३४ को बिनोद पाख्रिनले लागुऔषधको कारोवार गरिरहेको छ भन्ने  विशेष सुचनाको आधारमा खबर प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई निजललाई शंका लागि चेकजाँच  गर्दा निजले लगाएको पाईन्टको गोजिमा लुकाइ छिपाइ गरीराखेको  सानो सानो ८ पुरीयामा अन्दाजी ०.९ मिली ग्राम लागु औषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको । निजलाई लागुऔषध खैरोहिरोईन सहित नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२०

मकवानपुर, भिमफेदि गाउँपालिका-१, बागझोरा स्थित हेटौंडा भैसे सडकखण्डमा प्रहरी चौकी भैसेबाट प्रहरी सहायक निरीक्षक र प्रहरी चौकी चौकीटोलबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलिले सानोटारबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बा.९४ प ८०८६ नं.को मोटरसाईकललाई रोकि चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ बस्ने अन्दाजी वर्ष ३६ को कुमार सिं गोलेले बोकेको झोलामा लागुऔषध गाँजा अन्दाजी ७ किलोग्रम फेला परेको । निजलाई लागुऔषध गाँजा र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।