प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रसुवामा झुण्डी मृत्यु

२०८०-०५-२८

  • A
  • A-
  • A+
Share

रसुवा, आमाछोदिङमो गाउँपालिका-२, ग्रे गाँउ बस्ने अन्दाजी वर्ष ३५ को लाक्पा तामाङ आफ्नै घरभित्र झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध अफिम सहित मानिस नियन्त्रणमा
२०८२-०१-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी चेकपोईन्ट स्थित पुर्ब पश्चिम सडकखण्डमा प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटीएको चेकिङ टोलीले नारायणगढबाट कलैया तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २८८७ नं.को यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको अन्तिम सिटमा सवार जिल्ला चितवन राप्ती नगरपालिका-११, कोराक बस्ने वर्ष अन्दाजी २५ को बाबुराम तामाङले बसको दाहिने साइडको माथी र्‍याकमा राखेको खैरो रंगको झोला भित्र प्लाष्टिकको टेपले बेरिएको अवस्थामा ६ किलोग्राम लागुऔषध अफिम जस्तो देखिने पदार्थ फेला परेको । निज बाबुराम तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको । 

रामेछापमा करेन्ट लागी एक पुरुषको मृत्यु
२०८२-०१-०६

रामेछाप, लिखु तामाकोशी गाउँपालिका-५, नागदह बस्ने धावा तामाङको छोरा वर्ष अन्दाजी २४ को मणिराज तामाङको दाजुले चलाएको  बा ३ क १५०५ नं. को टिफरमा बसी सोहि खाँडादेवी गाउँपालिका-४ रजगाउँ स्थित सेलेघाट-साघुँटार निर्माणाधिन सडक खण्डको लागि श्री भारत कन्ट्रक्सन सिद्धिसाई जे.भि. कम्पनीले संचाल गरेको क्रसरमा गई बालुवा लोड गर्ने क्रममा टिफरको हुटमा भएको सावेल लिन जादाँ सोही टिफर माथिबाट गएको विद्युत प्राधिकरणको हाईटेन्सन लाईनमा छोई करेन्ट लागि निज मणीराज तामाङ घाईते भई उपचारको लागि मन्थली अस्पताल लगेकोमा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको ।