प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

उपचारको क्रममा एकको मृत्यु

२०८०-०५-१६

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौडा उपमहानगरपालिका-१५, पूर्व-पश्चिम सडक खण्ड अन्तर्गत रहेको संसारी पुल मुनी हाल नाम थर वतन नखुलेको वर्ष अन्दाजी ४०/४५ को तराई बासी जस्तो देखिने पुरुष व्यक्ति पुल मुनि लडि बिरामी भएको छ भन्ने खबर स्थानियले ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा जानकारी गराए पश्चात यस कार्यालयबाट टोली खटिगई उद्धार गरी उपचारको लागी हेटौडा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त घटनाको अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०५-३१

धादिङ गजुरी गाँउपालिका-१ गजुरी स्थित पृथ्विलोक मार्गमा काठमाण्डौंबाट भैरहवातर्फ जादैँ गरेको लु २ ख ४५२९ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटि गएको प्रहरी टोलिले उक्त बस चेकजाँच गर्ने क्रममा धादिङ गजुरी गाँउपालिका-४ बस्ने वर्ष ३४ को वृद्धिलाल तामाङ, वर्ष ३२ को सिताराम तामाङ र जिल्ला मकवानपुर कैलाश गाउँपालिका-१ बस्ने वर्ष २४ को शिशु योन्जनको झोलाभित्र लागूऔषध गाँजा अन्दाजी २६ के.जि. फेला परेको हो । उक्त गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।