प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०५-११

  • A
  • A-
  • A+
Share

रामेछाप लिखुतामाकोसी गाउँपालिका-१, दुरागाऊ स्थित बस्ने प्रेम बहादुर सुनुवारको छारा अन्दाजी वर्ष २८ को आसिष सुनुवार मिति २०८०/०५/१० खाना खाइ सुत्न गएकोमा मिति २०८०/०५/११ गते बिहान छोरा किन उठेन भनि आमाले बोलाउदा नबोलेको र ढोका नखोलेकोले गाउका दाजुभाई आइ ढोका फोडी हेर्दा आफ्नै घरको आफु सुत्ने कोठाको दलिनमा नाइलनको डोरीको पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ ज्वालामुखी गाउँपालिका-१, द्वारेथोक स्थित बस्ने मंगले सार्कीको छोरा मानसिक सन्तुलन ठिक नभएको वर्ष ३३ को मिलन नेपालीले सोही स्थानमा बस्ने काले सार्कीको घर अगाडिको कुटमेराको रुखमा बाबियोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।