प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०५-११

  • A
  • A-
  • A+
Share

रामेछाप लिखुतामाकोसी गाउँपालिका-१, दुरागाऊ स्थित बस्ने प्रेम बहादुर सुनुवारको छारा अन्दाजी वर्ष २८ को आसिष सुनुवार मिति २०८०/०५/१० खाना खाइ सुत्न गएकोमा मिति २०८०/०५/११ गते बिहान छोरा किन उठेन भनि आमाले बोलाउदा नबोलेको र ढोका नखोलेकोले गाउका दाजुभाई आइ ढोका फोडी हेर्दा आफ्नै घरको आफु सुत्ने कोठाको दलिनमा नाइलनको डोरीको पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ ज्वालामुखी गाउँपालिका-१, द्वारेथोक स्थित बस्ने मंगले सार्कीको छोरा मानसिक सन्तुलन ठिक नभएको वर्ष ३३ को मिलन नेपालीले सोही स्थानमा बस्ने काले सार्कीको घर अगाडिको कुटमेराको रुखमा बाबियोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।